×

NMB BANK
NIC ASIA

‘दिमाग खराब’ आजबाट दोस्रो सातामा, अहिलेसम्म कति कमायो ?

काठमाडाैं | मंसिर १, २०८०

NTC
Premier Steels

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ शुक्रवारबाट दोस्रो सातामा प्रवेश गरेको छ । 

Muktinath Bank

निश्चल बस्नेत निर्देशित चलचित्रले हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वर्ड अफ माउथ’ अब्बल रहेका कारण हलमा दर्शकहरुको भीड देखिन्छ । बिहीवार पनि अधिकांश मल्टिप्लेक्स हाउसफुल थिए । 


Advertisment
Nabil box
Kumari

दर्शकको उत्साहजनक उपस्थितिका साथ चलचित्र दोस्रो सातामा प्रवेश गरेको हो । 

Vianet communication

चलचित्रको कमाइ भने सार्वजनिक गरिएको छैन । तिहारको विदाका सबै ठाउँको रिपोर्ट नआएकाले कलेक्सन सार्वजनिक नगरिएको काठमाडौं वितरक काफिया फिल्मसका गोविन्द शाहीले बताए । 

‘चलचित्रले राम्रो व्यापार गरिरहेको छ । तर, तिहार विदाका कारण सबै ठाउँबाट कलेक्सनको रिपोर्ट आइसकेको छैन । सायद, भोलिसम्म आउँछ होला, त्यसपछि सार्वजनिक गर्छौ’ उनले भने । 

दर्शक बढिरहँदा पनि हलले पर्याप्त शो नदिएको भन्दै चलचित्रको निर्माण पक्षले शुक्रवारबाट प्रदर्शन रोक्ने निर्णय लिएको थियो । ​

बिहीवार भएको हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघसँगको छलफल सकारात्मक भएपछि चलचित्रको प्रदर्शन मंगलवारसम्म नरोक्ने सहमति भएको छ । 

मंगलवार बाँकी बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको हुँदा चलचित्रको प्रदर्शन त्यतिन्जेलसम्म नरोकिने निर्णय भएको चलचित्र संघले जारी गरेको विज्ञप्‍तिमा उल्लेख छ । 

यो चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराललगायतको शीर्ष अभिनय छ । 

चलचित्रको निर्माता रौनक विक्रम कंडेल हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x