![‘दुई कदम’को नयाँ गीतमा विल्सनदेखि गीतासम्मको नृत्य [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Wilson_geeta_HaKUcdcv2U.jpg)
यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक गरिएको छ । प्रताप दास र मेलिना राईको स्वरमा सार्वजनिक गीतमा डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ ।
सार्वजनिक गीतमा चलचित्रका कलाकारहरू गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विमला लिम्बुका साथ अभिनेता विल्सनविक्रम राई र मोडल गीता ढुंगाना फिचर्ड छन् ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । रोमान्टिक भावको गीतमा कलाकारहरु दिल खोलेर नाचेका छन् ।
उदय सुब्बा निर्देशित चलचित्रमा सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको पनि अभिनय छ ।
अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । मुस्ताङमा एक गीतको छायांकन गरिएको चलचित्रको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन चलचित्रमा छ । रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले चलचित्रलाई वितरण गर्दैछन् ।