१५ असार २०८३, सोमबार

नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील  : स्वास्थ्यमन्त्री बस्नेत

मंसिर ८, २०८०
सिन्धुपाल्चोक
नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील  : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन  सरकार क्रियाशील रहेको बताएका छन् ।

महेन्द्र माध्यमिक विद्यालयमा आयोजित ‘न्याना कपडा तथा शैक्षिक सामग्री वितरण’ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको हालैको निर्णयबारे जानकारी दिँदै चिकित्सा शिक्षाका लागि अनुकूल वातावरण बनाउन आफू लागि परेको जानकारी दिए ।  
    
“मन्त्रालयले एक सयदेखि तीन सयसम्म शय्या भएका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने र तीन सय शय्यामाथिका अस्पतालमा चिकित्सा पढाउन पाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा ऐन संशोधनको तयारीमा छौँ”, उनले भने, “यसले गर्दा देशभित्रै आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन हुने र चिकित्सा शिक्षा अध्ययनका लागि अन्य देशबाट विद्यार्थी नेपाल आउँछन् ।  त्यसरी विदेश विद्यार्थी बढेपछि देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सकिन्छ ।” 
    
 मन्त्री बस्नेतले इन्द्रावती गाउँपालिका–२ स्थित स्वास्थ्य चौकीको सुधारका लागि उपलब्धमा रु २० लाखको बजेटमा  थप रु १८ लाख रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले देशको समग्र स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास थालिएको बताए।

सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्यसँगसँगै शिक्षा, सिँचाइ, खाने पानी, सडक सञ्जाल र विद्युत्सम्बन्धी समस्या सम्बोधनका लागि प्रयास गरिरहेको उनले दोहो¥याए । 
    
    
 

salt training

कमेन्ट गर्नुहोस्