×

NMB BANK
NIC ASIA

बेथानचोकका विद्यार्थीले बनाए यन्त्रमानव

काभ्रेपलाञ्चोक | मंसिर ९, २०८०

NTC
Premier Steels

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका विद्यार्थीले ‘रोबोटिक’ तालिम  लिएर विभिन्न किसिमका विद्युतीय सामग्री बनाएका छन् । इञ्जिनियरिङ सङ्कायका कक्षा ९, १० ११ र १२ का  विद्यार्थीले तालिम लिएपछि यन्त्रमानव (रोबट) बनाएर शुक्रबार गाउँपालिकाको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।

Muktinath Bank

विद्यार्थीले बनाएका विद्युतीय खेलौना, स्मार्ट कार, फोहर फाल्ने भाँडो र विद्युतीय बल्बलाई ‘एप’ निर्माण गरी त्यसलाई विद्युत्को माध्यमबाट अनुकूलतामा चलाएर प्रदर्शन गरेका हुन् । बेथानचोक गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी सन्दीप तामाङले तीन दिनसम्म तालिम लिएर स्मार्ट कार बनाएर आफू अनुकूलतामा चालाउन सक्ने बनेको बताए । 'बनेका स्मार्ट कारलाई विद्युतीय माध्यमबाट चलाउने र त्यसलाई नियन्त्रण गर्नसक्ने सीप सिक्न सफल भएँ,' उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीमसेनेश्वर माध्यमिक विद्यालयका अर्का विद्यार्थी रोज खत्रीले तालिमबाट नयाँ ज्ञान लिन पाएकोमा खुसी लागेको बताए । कालिका माध्यमिक विद्यालयका रोजन तामाङले बनाउन सिकेको सामग्रीलाई प्रयोगमा ल्याएर सुविधा उपभोग गर्न प्रेरित गरेको बताए।


Advertisment
Nabil box
Kumari

अर्का विद्यार्थी अर्पणा तामाङले तालिमबाट घरको छतमा राखिएको पानी ट्याङ्कीमा पानी सकिएको र त्यो भरिएको जनाउ दिने ‘साइरन’ जडानको सीप सिकेको बताए । 

Vianet communication

गुजारतमा इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययनरत तालिमका प्रशिक्षक प्रसान्तकुमार चौधरीले विद्यार्थीलाई ब्ल्युटुथ कन्ट्रोल कार, ब्याट्रीबाट चलाउन मिल्ने गाडी, स्मार्ट डस्टविन र स्मार्टहोम अटोमेसिन बनाउने विधि र प्रविधिको बारेमा ज्ञान दिएको बताए । विद्यार्थीलाई उनीहरूको तहगत कक्षाअनुसार प्रविधिको बारेमा ज्ञान दिएको उनले बताए । 

वेथानचोक पालिकाका अध्यक्ष भगवान् अधिकारीले हरेक विद्यार्थीलाई फुर्सद हुँदा चिया चौतारीमा गफ गरेर  समय बिताउने नभई प्रविधिको क्षेत्रमा पनि बालबालिकालाई उत्प्रेरित गर्ने उद्देश्यले प्रशिक्षाणको व्यवस्था गरिएको  बताए। 

तालिममा आधारभूत र माध्यमिक तहका विज्ञान शिक्षक/शिक्षिका र कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीलाई तालिममा सहभागी गराइएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x