२८ जेठ २०८३, बिहीबार

तारादेवी र गणेश रसिकलाई नारायणगोपाल स्मृति सम्मान

मंसिर १६, २०८०
काठमाडौं
तारादेवी र गणेश रसिकलाई नारायणगोपाल स्मृति सम्मान

नारायणगोपाल सङ्गीत कोषले  ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ प्रदान गर्ने भएको छ ।

कोषकी अध्यक्ष उषा शेरचनको अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिन लागिएको हो ।

रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा सङ्गीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको थियो ।

उनले राष्ट्रिय, आधुनिक र लोकगीत  गरी करिब तीन हजार पाँच सय गीत गाउनाका साथै केही गीतमा सङ्गीत पनि दिएकी छिन् । उनका नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ । 

बीसका दशकमा लेकाली समूहबाट गायनमा उदाएका रसिकका नेपाली साहित्यका विविध विधामा थुप्रै पुस्तक पनि प्रकाशित छन् ।

यही मङ्सिर १९ गते स्वरसम्राटको ३३ औं स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिए ।

विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्