०३ असार २०८३, बुधबार

दयाहाङ राईको अर्को चलचित्र ‘आप्पा’ पनि युट्युबमा सार्वजनिक

मंसिर २०, २०८०
काठमाडौं
दयाहाङ राईको अर्को चलचित्र ‘आप्पा’ पनि युट्युबमा सार्वजनिक

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘आप्पा’ युट्युबमा सार्वजनिक भएको छ । 

अनमोल गुरुङको लेखन एवं निर्देशन रहेको चलचित्र चार वर्षअघि हलमा प्रदर्शनमा आएको थियो । मंगलवार बेलुका युट्युबमा सार्वजनिक यो चलचित्रले बाबु–छोराबीचको सम्बन्धको कथा प्रस्तुत गर्छ । 

चलचित्रमा दयाहाङका साथमा दुई नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चाको अभिनय छ । तुलसी घिमिरे र अरुणा कार्की समेत चलचित्रमा देखिएका छन् । 

पछिल्लो समय मात्रै दयाहाङका ‘दुई नम्बरी’, ‘फूलबारी’, ‘कबड्डी ४’, ‘के घर के डेरा’, ‘बिहे पास’लगायतका चलचित्र युट्युबमा सार्वजनिक छन् ।

salt training

कमेन्ट गर्नुहोस्