२३ असार २०८३, मंगलबार

११ दशमलव ७३ अङ्कले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार​

मंसिर २१, २०८०
काठमाडौं
११ दशमलव ७३ अङ्कले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार​
फाइल फोटो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ । कुल ९५ लाख पाँच हजार छ सय आठ कित्ता शेयर रु दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार चार सय ३३ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनःबीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८६ करोड ८३ लाख ७८ हजार एक सय बराबरको कारोबार भयो ।​

सिटिजन लाइफ इन्स्योरेन्स रु नौ करोड ५४ लाख ६८ हजार सात सय ९६, सोनापुर मिनरल्स रु नौ करोड २७ लाख ६१ हजार तीन सय ६८, माउण्टेन इनर्जी रु आठ करोड ७६ हजार २८ हजार छ सय ४२ र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु आठ करोड बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा छ ।

त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त नौ दशमलव ९७, सिवाईसी नेपाल लघुवित्त नौ दशमलव ९१, नवील ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ४८ र आशा लघुवित्तका लगानीकर्ताले सात दशमलव शून्य पाँच प्रतिशतले कमाएका छन् ।

यस्तै ग्लोबल आइएमई लघुवित्त सात दशमलव ८१, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ४१, विजय लघुवित्त पाँच दशमलव १९, मेछ्यान हाइड्रोपावर दुई दशमलव ९२ र सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्