
बजारमा आलु र सुकेको प्याजको भाउ बढ्दो छ । किसानले उचित मूल्य पाउन सकेका छैनन् । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।
सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ । बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ । गोरखापत्रमा खबर छ ।