२३ असार २०८३, मंगलबार

जेठमा आउने भयो दयाहाङको ‘गाउँ आएको बाटो’

मंसिर २२, २०८०
काठमाडौं
जेठमा आउने भयो दयाहाङको ‘गाउँ आएको बाटो’

टोरोन्टो फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भएको नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक गरिएको छ । ​निर्माणपक्षले शुक्रवार बिहान एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

चलचित्र आगामी वर्षको जेठ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

यो चलचित्रमा दयाहाङ राई, पशुपति राई तथा प्रसान राई प्रमुख भूमिकामा छन् । ‘नुमाफुङ’बाट प्रशंसा बटुलेका निर्देशक सुब्बाको यो तेस्रो चलचित्र हो । उनले बनाएको दोस्रो चलचित्र ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन । टोरोन्टो फिल्म फेस्टिबलका अलावा बुसान फिल्म फेस्टिबलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’ले नवीन सुब्बालाई थप उचाइ प्रदान गर्ने विश्वास राखिएको छ । 

चलचित्रको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन् । मेन्छ्याम फिक्चर्स तथा बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । 

चलचित्रले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोका डालो बनाएर जीवनयापन गर्ने माइला(दया), माइली(पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे( प्रसान राई)को सो गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्ने निर्माण पक्षले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्