
टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीवारदेखि ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टीभीएस आइक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्दैछ ।
यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरूले कुनै पनि मोटरसाइकल वा स्कुटरसँग आइक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको थप भ्यालुएसन पाउन सक्ने कम्पनीले जनाएको छ ।
साथै शून्य प्रतिशत ब्याजमा टीभीएस आइक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी जम्मा १ लाख ७ हजार रुपैयाँको डाउनपेमेन्टमा नै टीभीएस आइक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले फ्री एक्सेसोरिज र फ्री राइडको मजा पनि लिन सक्नेछन् ।
टीभीएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आइक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा मंसिर २८ गतेदेखि पुस २ सम्म हुनेछ ।