×

NMB BANK
NIC ASIA

रुपन्देहीमा बन्दैछ चार तारे चेन होटल, लागत ५० करोड​​

बुटवल | मंसिर ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ ।

Muktinath Bank

आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको चार तारे होटलको लगानी ५० करोड रुपैयाँ रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा पहिलो गोल्डेन टुलिप होटल सानिभा इन बुटिक होटल एण्ड स्पाका सीईओ सन्तोषकुमार केसी र सरोबर होटल एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक अशोककुमार बकायाबीच व्यवस्थापन सम्झौतामा शुक्रवार हस्ताक्षर भएको छ ।


Advertisment
Nabil box
Kumari

सानिभा इन बुटिक होटल एण्ड स्पाका सीईओ सन्तोषकुमार केसीले द्रुत गतिमा पूर्वाधारको काम अघि बढेको बताए ।

Vianet communication
Laxmi Bank

‘फागुन २०७९ मा शुरू गरेर तीव्ररुपमा काम भैरहेको छ’, उनले भने, ‘अबको एक वर्षमा होटल सञ्चालनको तयारी छ । होटलमा ५२ भन्दा बढी कोठाहरू रहनेछन् ।’ 

होटलमा रुफ टप बार, स्वीमिङ पुलसहित अत्याधुनिक फिटनेस सेन्टर, स्पा, अत्याधुनिक बैठक कक्षहरू रहने छन् । जसले होटललाई सम्मेलन, सेमिनार र विशेष कार्यक्रमहरूको लागि एक आदर्श विकल्प बनाउने उनको भनाइ छ ।

उनका अनुसार एक मनोरञ्जन क्षेत्र र एक क्यासिनो पनि निकट भविष्यमा नै सञ्चालनमा ल्याउने योजना रहेको छ ।

नेपालमा सरोबर समूहको होटलहरू बढ्दो पाइप लाइनमा छन् । जसमध्ये सरोबर पोर्टीको वीरगन्ज, रोयल टुलिप सौराहा चितवन र मिराज सरोबर पोर्टीको काठमाडौं मा २०२४/२५ सम्म खोल्ने तालिका रहेको छ ।

सरोबर होटल एण्ड रिसोर्ट्सका सीईओ अशोककुमार बकायाले पर्यटनबाट विकासको ढोका खोल्न सकिने भएकाले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको बताए ।​

गोल्डेन टुलिप भैरहवा सरोबर होटल्स् एण्ड रिसोर्टको बढ्दो पोर्टफोलियोमा १२ औं तथा नेपालमा पहिलो गोल्डेन टुलिप हुनेछ ।

मे २०२४ सम्ममा पूर्ण सञ्चालनमा ल्याउने योजना रहेको यो होटल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटर टाढा अवस्थित छ ।

दुई उत्कृष्ट रेष्टुरेण्टहरूले पाक शास्त्रिक यात्रा प्रदान गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x