१३ असार २०८३, शनिबार

तीन  सय  किलोग्रामभन्दा बढी हात्तीका दाँत बरामद

पुस ८, २०८०
काठमाडौं
तीन  सय  किलोग्रामभन्दा बढी हात्तीका दाँत बरामद

विश्वमै    दुर्लभ    मानिएका    वनस्पति,    जडीबुटी  र  वन्यजन्तुको  अवैध  ओसारपसार  तथा  तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।

वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा इन्टरपोल  र  विश्व  भन्सार  सङ्गठनले  अवैध  कारोबारमा संलग्न भएका पाँच सयभन्दा बढी व्यक्ति पक्राउ गरेको छ । साइटिस महासविच इभोन हिगुएरोले यो  तथ्याङ्कलाई  निकै  डरलाग्दो  अवस्था  भएको  टिप्पणी  गरे  ।

 वन्यजन्तु  अपराध  अनुन्धानमा  संलग्न  उनले  अन्तर्राष्ट्रिय  आपराधिक  जालोलाई  कमजोर पार्न सकिएन भने हाल यस पृथ्वीमा बाँच्न सफल दुर्लभ वन्यजन्तु र वनस्पति लोप भएर जाने सम्भावना रहेको बताए । 
  कार्यालयले  दिएको  जानकारी  अनुसार   बरामद   भएका   मध्ये   तीन   सय   किलोग्रामभन्दा बढी हात्तीका दाँत मात्र छन् । ३० टन वनस्पतिको जरा, डाँठ, पात, फूल तथा फल छन् भने एक सय टनभन्दा बढी कछुवाका अन्डा पनि  छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्