२६ असार २०८३, शुक्रबार

पाँच  महिनामा पाँच अर्ब रकमान्तर

पुस ८, २०८०
काठमाडौं
पाँच  महिनामा पाँच अर्ब रकमान्तर

चालु  आर्थिक  वर्षको  पाँच  महिनामा  अर्थ  मन्त्रालयले  करिब  पाँच  अर्ब  रुपियाँ  रकमान्तर गरेको छ । मन्त्रालयले साउनदेखि मङ्सिरसम्म चार अर्ब ७६ करोड ३२ लाख रुपियाँ रकमान्तर भएको जनाएको हो । पुँजीगत शीर्षकमा विनियोजन गरिएको एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट  अर्को  बजेट  उपशीर्षकमा  गरिएको रकमान्तर यसमा समेटिएको छ ।

मन्त्रालयले   यसबिचमा   सबैभन्दा   धेरै असोजमा रकमान्तर गरेको छ । उक्त महिनामा मात्रै तीन अर्ब दुई करोड रुपियाँ रकमान्तर भएको छ । जसमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य क्षेत्र सुधार कार्यव्रmम उपशीर्षकबाट एक अर्ब ९८ करोड रुपियाँ  रकमान्तर  गरेर  एकीकृत  स्वास्थ्य  पूर्वाधार  विकास  कार्यव्रmम  उपशीर्षकमा  सारिएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्