अभिनेता सौगात मल्ल निर्माणको तयारीमा रहेको फिल्म ‘रिमै’मा अनुबन्धित भएका छन् ।
योसँगै फिल्ममा कलाकारको मुख्य लाइनअप पूरा भएको छ ।
फिल्ममा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी मुख्य अभिनेत्री रिश्मा गुरुङ र अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् ।
तीनै जना कलाकारले ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम गरेका थिए ।
‘रिमै’ खिल बहादुर दयाहाङको निर्देशनमा तयार हुन लागेको हो ।
फिल्ममा दया, रिश्मा, सौगातसँगै वीरबल घलेको प्रमुख भूमिका रहनेछ ।
उपेन्द्र सुब्बा फिल्मको पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन् ।
फिल्मको कार्यकारी निर्मातामा टीका गुरुङ(युके), प्रकाश गुरुङ(युके), जित यात्री गुरुङ (नर्वे) तथा सचि कुमारी घले रहेका छन् भने दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा फिल्मको सह–निर्माताका रुपमा रहनेछन् ।
फिल्मको हाल प्रि-प्रोडक्सन चलिरहेको छ । ‘रिमै’ फागुनबाट फ्लोरमा जाने निर्माण पक्षले जनाएको छ ।