
शुक्रवारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ आज रिलिज भएका हुन् । यी फिल्महरू अलग-अलग जनरामा निर्माण भएका छन् ।
घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ बुवा र छोरीको कथामा निर्माण भएको हो । दीपक श्रेष्ठ निर्देशित ‘पर्खी बसेँ तिमीलाई’ युवापुस्ताको प्रेमकथामा आधारित छ ।
‘चित्रा’मा सन्तोष अधिकारी, सिम्रन खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराइलीलगायतको अभिनय छ ।
‘पर्खी बसेँ तिमीलाई’मा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, शिव श्रेष्ठ, विल्सनविक्रम राईलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
झन्डै एक महिनापछि हलमा नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका हुन् ।