
बिगमार्टले अहिलेको जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ ।
यस उत्सवअन्तर्गत बिगमार्टले आफ्नो मार्टमा किनमेल गर्ने ग्राहकलाई बिगमार्ट कार उपहार दिन लागेको हो ।
उत्सवका अवसरमा आगामी माघ १ गतेदेखि १५ फाल्गुनसम्म हरेक सामान खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरूको व्यवस्था गरिएको बिगमार्टले जनाएको छ ।
जसमा एक जना भाग्यमानी ग्राहकलाई बम्पर पुरस्कारस्वरुप एउटा टाटा डिएगो कार, अर्का एक ग्राहकलाई एउटा यामाहा रे–जेड स्कूटर तथा पाँचजना ग्राहकलाई पाँचैवटा स्मार्टफोन दिइने छ ।
यस्तै १० भाग्यशाली ग्राहकलाई जनही पाँच हजार रूपैयाँ बराबरको किनमेल भौचर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
साथै, ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशत (३०० रूपैयाँसम्म), एनसीएचएल नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत (१०० रूपैयाँ) र हरेक शनिवार र बुधवार फलफूल तथा तरकारीको खरिदमा स्मार्ट क्युआरमार्फत् बिल भुक्तानी गर्दा १५ प्रतिशत (१५० रूपैयाँ)सम्म तत्काल छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रत्येक ७५० रूपैयाँ वा सो भन्दा बढीको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिने बिगमार्टले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।