०१ असार २०८३, सोमबार

‘अगस्त्य’मा ‘चाँदनी’ बनेकी मलिका

माघ ८, २०८०
काठमाडौं
‘अगस्त्य’मा ‘चाँदनी’ बनेकी मलिका

फागुनको १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो, ‘अगस्त्य च्याप्टर १’ । यसका मुख्य अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि यो चलचित्रको चर्चा चुलिएको छ । 

यसैबीच, यसको निर्माणपक्षले टिजर रिलिजको ३ दिन अगाडि अभिनेत्री मलिका महतको लुक्स सार्वजनिक गरेको छ । यो चलचित्रमा मलिका ‘चाँदनी’को भूमिकामा देखिँदै छिन् । 

चलचित्रमा उनको भूमिका के हो भन्ने खुलेको छैन । सौरभ चौधरीको निर्देशनमा तयार यो चलचित्रमा अभिनेता एवं निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । 

चलचित्रमा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतको समेत अभिनय छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । 

चलचित्रले बक्स अफिसमा सुखद् कमाई गर्ने निर्माण पक्षको अपेक्षा छ ।

salt training

कमेन्ट गर्नुहोस्