१३ असार २०८३, शनिबार

न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना

माघ १२, २०८०
काठमाडौं
न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना

काठमाडौँ  महानगरपालिकाले  विश्व  सम्पदा  सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ ।

महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ ।काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार  सुनील  लम्सालले  आमनागरिकको  सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए । उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । 

दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गरिने छ र त्यसको लागि आवश्यक तयारी भइरहेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्