०१ असार २०८३, सोमबार

‘डिग्री माइला’को छायांकन सकियो, नयाँ वर्षमा रिलिज हुने

माघ १२, २०८०
काठमाडौं
‘डिग्री माइला’को छायांकन सकियो, नयाँ वर्षमा रिलिज हुने

रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायाङ्कन सकिएको छ । 

४५ दिनमा बिहीवारबाट फिल्मको छायांकन सकिएको निर्देशक गुरुङले जानकारी दिए । काठमाडौं र ओखलढुङ्गालगायतका स्थानमा यो फिल्मको छायांकन गरिएको छ । 

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले शिक्षित बेरोजगारको कथा पेस गर्छ ।

फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । 

आगामी नेपाली नयाँ वर्षमा फिल्म प्रदर्शनमा आउनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्