०९ असार २०८३, मंगलबार

उपनिर्वाचनको तयारीमा आयोग, कति पद छ रिक्त ?

माघ १८, २०८०
काठमाडौं
उपनिर्वाचनको तयारीमा आयोग, कति पद छ रिक्त ?

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ । 

आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गरिने जानकारी दिए । उनले आयोग पदाधिकारीले प्रधानमन्त्रीसँग सो सम्बन्धमा छलफल गर्ने बताए । 

आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन् जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छ ।गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्