कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडाैं | माघ २४, २०८०
गत पुस २५ गते बिहान काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाज भिजिबिलिटी नपुगेका कारण डाइभर्ट गरेर सुर्खेत विमानस्थलमा अवतरण गरियो । मौसम खुलेपछि उक्त जहाज पुनः तिनै यात्रु बोकेर सुर्खेतबाट धनगढी उड्यो ।
सोही दिन श्री एयरलाइन्सका पाइलटले पनि धनगढी जाने जहाजलाई सुर्खेत रि-डाइरेक्ट गरे ।
यी केही प्रतिनिधि घटना मात्र हुन्, दैनिकजसो विभिन्न एयरलाइन्स कम्पनीका जहाजहरू पुग्नुपर्ने ठाउँमा नपुगेर अर्कै एयरपोर्टमा पुग्छन् ।
प्रतिकूल मौसम, व्यक्तिगत इमर्जेन्सी, इन्डिकेटरमा देखिएको खराबीजस्ता कारणले विमानहरू जानुपर्ने ठाउँमा नगएर अर्कै विमानस्थलमा अवतरण गर्ने प्रक्रिया सामान्य भए पनि यसलाई हवाई सुरक्षासँग जोडेर यात्रुमा डर सिर्जना हुने गरी प्रचारबाजी गरिएको पाइन्छ ।
जहाज 'रि-डाइरेक्ट' गर्दा पाइलटले सकेसम्म नजिक र सुरक्षित एयरपोर्ट रोजेर अवतरण गराउने अन्तर्राष्ट्रिय प्रचलन हो । जहाज रि-डाइरेक्ट गर्दा यात्रु थप सुरक्षित हुन्छन् तर नेपालमा भने यसको नकारात्मक भाष्य खडा गर्न खोजिएको हवाई सेवा सञ्चालकहरूको गुनासो छ ।
गत सालको फागुन २५ गते काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८२१ नम्बरको विमान फर्केर पुनः त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरियो । चारजना चालक दलसहित ७४ जना यात्रु बोकेर भैरहवाका लागि उडेको एयरलाइन्समा प्राविधिक समस्या देखिएपछि तत्काल विमानस्थल फर्काइएको भए पनि जहाजको इन्जिनमा आगो लागेको प्रचारबाजी गरिएको थियो ।
जहाजको बाँयापट्टिको इन्जिनमा समस्या देखिएको इन्डिकेटरले जनाएपछि यात्रुको सुरक्षालाई ध्यानमा राखेर पाइलटले पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराउने निर्णय लिएका थिए ।
तर सञ्चारमाध्यमहरूमा भने जहाज रि-डाइरेक्ट गरिएको विषयलाई आतंककारूपमा प्रस्तुत गरिएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धर बताउँछन् ।
'मौसम, इन्डिकेटरमा देखिने समस्या र अन्य कतिपय सामान्य कारणले पनि जहाजहरू रि-डाइरेक्ट गरिन्छन्,' उनले भने, 'यो यात्रुको सुरक्षाका लागि गरिने अन्तर्राष्ट्रिय अभ्यास पनि हो । त्यसो गर्दा यात्रु झन् असुरक्षित भएजस्तो गरेर प्रचार गरिन्छ ।'
जहाजलाई बाटोबाटै फर्काउँदा र अर्को विमानस्थलमा ल्याण्ड गर्दा एयरलाइन्स कम्पनीलाई थप वित्तीय समस्या हुने भएपनि यात्रुको सुरक्षाका लागि त्यसो गरिने उनको भनाइ छ ।
'जहाज डाइभर्ट गर्दा हुने अतिरिक्त खर्च हामीले हिसाब नै गर्दैनौं,' उनले भने, 'यात्रुको जीवन जोखिमपूर्ण बनाउने गरी संसारभरिका कुनै पनि एयरलाइन्सले गतिविधि गर्दैनन् ।'
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला पनि यात्रुहरूको सुरक्षाकै लागि जहाजहरू रि-डाइरेक्ट गर्ने गरिएको बताउँछन् ।
'मुख्य त मौसम नै हो, नेपालको मौसम पनि एकदमै अनस्टेबल छ । मौसमका कारण जहाज पुग्नुपर्ने एयरपोर्टमा अवतरण गर्न नसके नजिकैको अर्को एयरपोर्टमा अवतरण गर्छन् र मौसममा सुधार आउनेबित्तिकै पुनः यात्रुहरूलाई गन्तव्यमा सुरक्षित तरिकाले पुर्याउने गरिन्छ,' उनले भने ।
उनले नेपालको एभिएसन क्षेत्रलाई बदनाम गराउन केही तत्त्वहरू लागिपरेको भन्दै असन्तुष्टि जनाए । गत एक वर्षयता यति एयरलाइन्सका जहाजहरू रि-डाइरेक्ट नभएको र सुरक्षालाई अधिकतम ध्यान दिएर अपरेशन गरिएको उनको भनाइ छ ।
दैनिक १६० भन्दा बढी उडान गर्ने बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्ण पनि जहाजहरू डाइभर्ट हुने घटना सामान्य भएको बताउँछन् ।
'काठमाडौंबाट उडान गर्ने जहाजहरू कुनै सामान्य समस्या पर्यो भने काठमाडौं नै फर्किन्छन्, कारण यहाँ जनशक्ति छ, इन्जिनियरहरू छन्, सुरक्षाका राम्रा उपायहरू छन्, एयर स्पेस पनि ठूलो छ,' उनले भने ।
बुद्ध एयरले जहाज रि-डाइरेक्ट गरिनुको कारणबारे एउटा भिडियो समेत बनाएको छ ।
बुद्ध एयरले बनाएको भिडियो
जहाज रि-डाइरेक्ट गरेर ल्याण्ड गरिसकेपछि पनि नागरिक उड्ययन प्राधिकरणको रोहवरमा चेकजाँच हुने, तत्काल अर्को जहाज व्यवस्थापन गरेर यात्रु पठाइने र थप सुरक्षाका उपायहरू अपनाइने हुनाले रि-डाइरेक्ट हुनु थप सुरक्षित हुनु भएको उनको भनाइ छ ।
त्यसका लागि हुने अतिरिक्त वित्तीय भार बुद्धले हिसाबकिताब नगर्ने उनको भनाइ छ । 'अतिरिक्त खर्च त हुन्छ नै, तर यात्रुको सुरक्षाका लागि त्यो खर्च केही पनि होइन । हामी हरेक चिजमा अन्तर्राष्ट्रिय गाइडलाइन फलो गर्छौं ।'
उनले बुद्ध एयरले उडानदेखि अवतरणसम्म सम्पूर्ण प्रक्रियाको राम्रोसँग अब्जरभेसन गर्ने गरेको दाबी गरे । 'हवाई यात्रा संसारकै सुरक्षित यात्रा हो,' उनले भने, 'सुरक्षाकै लागि जहाजहरू रि-डाइरेक्ट हुन्छन् । यो सामान्य र जोखिममुक्त प्रक्रिया हो । यसलाई अन्यथा लिनुहुँदैन ।'
नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक राजेन्द्र सिंह नायक पनि जहाज रि-डाइरेक्ट हुनु सामान्य प्रक्रिया रहेको बताउँछन् ।
उनले लोकान्तरसँग भने, 'धनगढीबाट काठमाडौं उडेको जहाजले पोखरा र भैरहवालाई पनि अल्टरनेट विमानस्थल मानेर उडिरहेको हुन्छ । लक्षित एयरपोर्टमा ल्याण्ड गर्न नसके उसले ल्याण्ड गर्ने भनेकै नजिकको र अर्को सुरक्षित विमानस्थलमा हो । यसले झन् यात्रुहरूको सुरक्षाको ग्यारेन्टी गर्छ ।'
उनले विमानस्थलहरूले एयर स्पेस पनि भाग लगाएर एक ठाउँमा नभए अर्को ठाउँमा ल्याण्ड गर्ने गरी एयर ट्राफिक कन्ट्रोलरले व्यवस्थापन गर्ने गरेको जानकारी समेत दिए । 'जहाजको रि-डाइरेक्सन चुनौतीपूर्ण काम त हो, त्यत्तिकै सुरक्षित पनि हुन्छ,' उनले भने ।
नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले पनि जहाजको रि-डाइरेक्सन जोखिमपूर्ण नभएको बरू थप सुरक्षित भएको बताए ।
उनले लोकान्तरसँग भने, 'काठमाडौंबाट पोखरा जानुपर्ने जहाज कुनै कारणले त्यहाँ अवतरण गर्ने स्थिति आएन भने जबर्जस्ती गर्ने त पाइलटले ? बरू त्यहाँबाट कुनै नजिकको अल्टरनेट एयरपोर्टमा जाने र मौसम सही भएपछि फर्कने पाइलटको निर्णय बढी सुरक्षित भएन र ?'
उनले मौसम, मेडिकल इमर्जेन्सी र अन्य प्राविधिक कारणले जहाजहरू उडेकै विमानस्थलमा अवतरण हुन सक्ने र गन्तव्य विमानस्थलभन्दा नजिक रहेको अर्को कुनै विमानस्थलमा पुग्न सक्ने विषय प्रचार गरिएजस्तो नकारात्मक नभएको उनले बताए ।
उनले भने, 'सानो प्राविधिक समस्या आउनेबित्तिकै जहाज झरिहाल्ने त होइन । पाइलट नै इन्जिनियर पनि हो, उसलाई कहाँ के भयो भने के गर्नुपर्छ भन्ने राम्रोसँग थाहा हुन्छ । त्यसैले पाइलटले यात्रालाई थप सुरक्षित बनाउन खोज्छ तर यात्रु र अन्यले भने त्यसलाई जहाज बिग्रेजस्तो, क्याप्टेनले जहाज चलाउन नजाने जस्तो गर्छन् । यो सही होइन ।'
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...