०२ असार २०८३, मंगलबार

दयाहाङ र सौगातको ‘हात्तीछाप’मा दीपकराज गिरीको केमियो

माघ २४, २०८०
काठमाडौं
दयाहाङ र सौगातको ‘हात्तीछाप’मा दीपकराज गिरीको केमियो

दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘हात्तीछाप’मा अभिनेता एवं निर्माता दीपकराज गिरीले केमियो भूमिकामा अभिनय गरेका छन् । 

यसअघि निर्माण टिमले दीपकराजको केमियोबारे केही खुलासा गरेको थिएन । मंगलवार आयोजित फिल्मको प्रिमियरमा उनको विशेष केमियो उपस्थितका लागि ‘सरप्राइज’ रह्यो । फिल्मको इण्डिङमा संवादसहित दीपकराज पर्दामा देखिन्छन् । 

उनको केमियो समावेश गर्दै निर्माताले ‘हात्तीछाप’को दोस्रो श्रृङ्खलाका रुपमा ‘बोतल राजा’ बन्ने घोषणा समेत गरेका छन् । जसअनुसार ‘बोतल राजा’मा दीपकराजले शीर्ष भूमिकामा अभिनय गर्ने अनुमान गर्न सकिन्छ । 

‘हात्तीछाप’ यही शुक्रवारबाट नेपालसहित विभिन्न देशमा प्रदर्शनमा आउँदैछ । 

किरण नेपाली प्रस्तुतकर्ता र सिमोस सुनुवार निर्देशक रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतको अभिनय छ । 

salt training

कमेन्ट गर्नुहोस्