०१ असार २०८३, सोमबार

फिल्म ‘मेयर’मा जोडिइन् वर्षा राउत

माघ २४, २०८०
काठमाडौं
फिल्म ‘मेयर’मा जोडिइन् वर्षा राउत

दीपेन्द्र के. खनालको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मेयर’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन् । 

फिल्मको शीर्ष अभिनेत्रीका रुपमा उनलाई अनुबन्धित गरिएको छ । 

फिल्ममा शीर्ष अभिनेताका रुपमा खगेन्द्र लामिछाने र अर्पण थापा यसअघि नै अनुबन्धित भइसकेका छन् । 

खगेन्द्रले मेयरको भूमिका निर्वाह गर्नेछन् । 

खगेन्द्र र वर्षाले पहिलोपटक स्क्रिन शेयर गर्न लागेका हुन् । 

सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको राजनीतिक यात्रालाई समेटेर फिल्म निर्माण गर्न लागिएको हो । 

फागुन १५ देखि सर्लाहीमै फिल्मको छायांकन सुरु हुने जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्