
फ्राइडे रिलिजअन्तर्गत शुक्रवारबाट दुईवटा फिल्म एकसाथ प्रदर्शनमा आएका छन् ।
सिमोस सुनुवार निर्देशित ‘हात्तीछाप’ र माओत्से गुरुङ निर्देशित ‘दयारानी’ प्रदर्शनमा आएका हुन् ।
झण्डै एक महिनापछि हलमा नयाँ नेपाली फिल्म रिलिज भएका हुन् ।
रिलिज दुवै फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई छन् । जसमध्ये ‘हात्तीछाप’मा दयाहाङका साथमा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, विल्सनविक्रम राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकार छन् ।
‘दयारानी’मा दयाहाङ राईका साथमा दीया पुन, विजय बराल, प्रमिश गुरुङ, श्रीषा कुवँर, नयन गुरुङ, पुस्कर गुरुङलगायतका कलाकार छन् ।
प्रिमियरमा दुवै फिल्मले राम्रो प्रतिक्रिया पाइसकेका छन् ।
फिल्मलाई हलमा राम्रो शोज मिलेको छ ।