१६ असार २०८३, मंगलबार

घर जग्गाको कारोबारबाट ४ अर्ब राजश्व उठ्यो

फागुन २, २०८०
काठमाडौं
घर जग्गाको कारोबारबाट ४ अर्ब राजश्व उठ्यो

चालुु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको  कारोबारबाट  झन्डै  चार  अर्ब  रुपियाँ  राजस्व सङ्कलन भएको छ । भूमि  व्यवस्थापन  तथा  अभिलेख  विभागका  अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
 माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार  भएको  छ  ।  गत  पुस  महिनामा  घरजग्गा  कारोबारबाट  तीन  अर्ब  २०  करोड  ५२  लाख  १२  हजार ५३० रुपियाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्