२३ असार २०८३, मंगलबार

पोस्टरमा यस्तो देखियो केकीको फिल्म ‘बोक्सीको घर’

फागुन २, २०८०
काठमाडौं
पोस्टरमा यस्तो देखियो केकीको फिल्म ‘बोक्सीको घर’

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । 

सार्वजनिक पोस्टरमा रातको समयलाई प्रस्तुत गरिएको छ । एक महिला ठूलो पिपलको रुखतर्फ फर्किएर उभिएकी छिन् । अनुहार लुकाइएकी महिला रातो साडीमा कपाल फिजाएको अवस्थामा छिन् । पिपलको रुखमाथि ठूलो आकारमा पूर्णिमाको चन्द्रमालाई प्रस्तुत गरिएको छ । पोस्टरले दर्शकलाई कौतूहलता जगाउने देखिन्छ । फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको पोस्टर आकर्षक लाग्छ । 

‘बोक्सीको घर’मा मुख्य भूमिकामा केकी स्वयंमको अभिनय छ । उनका साथमा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको पनि अभिनय रहेको फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् ।

८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो फिल्म निर्माण भएको हो । नाटकलाई भारतीले नै लेखन एवं निर्देशन गरेका थिए । 

सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजको कुप्रथालाई चित्रण गर्ने बताइएको छ । 

फिल्मको निर्मातामा केकीका बुबा बद्री अधिकारी छन् भने कार्यकारी निर्मातामा राज घिमिरे छन् । ​

शिवराम श्रेष्ठले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजनामा निर्माण टिम छ ।

salt training

कमेन्ट गर्नुहोस्