०३ असार २०८३, बुधबार

अहिले केमा व्यस्त छिन् मनिषा कोइराला ?

फागुन ९, २०८०
काठमाडौं
अहिले केमा व्यस्त छिन् मनिषा कोइराला ?

बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले तीन दशक भन्दा बढी समयको करियरपछि अहिले आफूले आफूलाई समय दिइरहेको बताएकी छन् । उनले इन्स्टाग्राम एकाउण्टमा कैयौं फोटो शेयर गर्दै आफ्नो अवस्थाबारे लेखेकी हुन् ।

‘धेरै मानिसहरु मलाई तपाईं के गर्दै हुनुहुन्छ ? भनेर सोध्छन् । तर कहिलेकाहीँ यस्तो लाग्छ कि ५३ वर्षको उमेरमा मलाई फ्यानहरुले अब धेरै बढी काम गर्न सकिँदैन भनेर सोधे जस्तो लाग्छ’, उनले भनेकी छन् । 

उनले आफूले जीवनमा फरक–फरक वस्तुका स्वाद चाखिरहेको उल्लेख गर्दै आफूलाई मनपरेको कुरा आफूले गरिरहेको उल्लेख गरेकी छन् । ‘कहिले कहिले केही गर्दिन् । आफ्ना कुकुर र बिरालाका साथ समय बिताउनुका अलावा किताब पढ्ने, संगीत सुन्ने र आध्यात्मिकतालाई समय दिएकी छु । जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु’, उनले भनेकी छन् ।

पछिल्लो समय उनले पूर्वयुवराज्ञी हिमानी शाहसँग अन्तर्वार्ता लिएकी थिइन् । जुन निकै चर्चित भएको थियो । यस्तै उनले नेपाल हिन्दुराष्ट्रको पक्षमा समेत लबिङ गर्दै आएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्