
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन् ।
यी अस्पतालहरुमा जम्मा गरेर ३७ सय ४४ वटा शय्या छन् । यसको १० प्रतिशत शय्या निःशुल्क उपचारका लागि हो । अस्पतालहरुलाई प्रणालीमा विवरण अद्यावधिक गराउन युजर नेम र पासवर्ड दिइसकिएको महानगरपालिकाले जनाएको छ । यस क्रममा आज ११ वटा अस्पतालहरुले प्रणालीमा आवद्धता जनाएका हुन् ।
आवद्ध अस्पतालहरुमध्ये सबैभन्दा धेरै शय्या हुनेमा काठमाडौँ मेडिकल कलेज, सिनामंगल र मनमोहन ममोरियल मेडिकल कलेज, स्वयम्भू छन् । यी २ वटा अस्पतालमा ३/३ सय शय्या छन् । सबैभन्दा कम १५ शय्याका अस्पताल छन् । यस्ता अस्पतालको संख्या ७ वटा रहेको छ ।