१२ साउन २०८३, मंगलबार

पोखरामा पर्यटकका लागि ‘क्यूआर कोड’ सेवा सञ्चालन

साउन १२, २०८३
कास्की
पोखरामा पर्यटकका लागि ‘क्यूआर कोड’ सेवा सञ्चालन

 पर्यटकीय क्षेत्रको चिनारीसँगै सुरक्षित यात्राका लागि आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले पोखरामा ‘क्यूआर कोड’ सेवा सञ्चालनमा ल्याइएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा सुरु गरिएको उक्त ‘क्यूआर कोड’मार्फत पर्यटकले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षासम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण तथा भ्रमणसम्बन्धी सूचना सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले आपत्कालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउन र सुरक्षित यात्रामा सहयोग पुर्‍याउन ‘क्यूआर कोड’ उपयोगी हुने बताए। उनले पर्यटकको सुरक्षाप्रति प्रहरी संवेदनशील रहेको उल्लेख गर्दै होटल तथा भाडाका कोठामा लामो समय बस्ने व्यक्तिबाट हुन सक्ने अवैध गतिविधिप्रति सतर्क रहनुपर्ने बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो सर्त भएको बताए। ‘क्यूआर कोड’जस्ता सूचना प्रविधिको प्रयोगले पर्यटकको यात्रा सहज र सुरक्षित बन्ने उल्लेख गर्दै उनले व्यवसायी र प्रहरीबीचको समन्वयबाट मात्र सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताए।

कमेन्ट गर्नुहोस्