२८ जेठ २०८३, बिहीबार

दुर्गानिधिको रचना रहेको ‘अजम्बरी नाता’ सार्वजनिक [भिडियो]

फागुन १५, २०८०
काठमाडौं
दुर्गानिधिको रचना रहेको ‘अजम्बरी नाता’ सार्वजनिक [भिडियो]

गीतकार, रचनाकार एवं लेखक दुर्गानिधि कौडाल (नवराज)को शब्द र स्वरुपराज आचार्यको स्वर रहेको गीत ‘अजम्बरी नाता’ सार्वजनिक भएको छ । सुर्य​ दयालुको संगीत रहेको गीतको म्युजिक भिडियोलाई सुवास जिसीले निर्देशन गरेका छन् । 

भिडियोमा शिल्पा पोखरेल, विष्णु सदाशंकर लगायतलाई प्रस्तुत गरिएको छ । 

यसका गीतकार कौडालको रचनामा यसअघि आधुनिक गजल ‘भन्छन् नि दुनियाँले’, रोइला गीत ‘चुलबुले’ र लोक तथा आधुनिक गीत ‘मर्म’ सार्वजनिक भइसकेका छन् । 

अघिल्ला गीतले दर्शक तथा श्रोताको माया पाएसँगै आफूलाई गीत रचना गर्ने हौसला मिलेको कौडालले बताए । ‘अजम्बरी नाता’ गीतमा रेशम दर्लामीको छायांकन, पवित्रा जिसीको सम्पादन छ । 

ओएसआर डिजिटलको युट्युबमार्फत भिडियो सार्वजनिक भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्