२८ जेठ २०८३, बिहीबार

म्युजिक भिडियोमा पुष्प, आकाश र मलिकाको सहकार्य

फागुन १७, २०८०
काठमाडौं
म्युजिक भिडियोमा पुष्प, आकाश र मलिकाको सहकार्य

पुष्प खड्का, आकाश श्रेष्ठ र मलिका महतले म्युजिक भिडियोमा सहकार्य गरेका छन् । 

दर्शकले रुचाएका यी कलाकारको अभिनय रहेको गीत ‘हल्का हल्का’ केही दिनअघि मात्रै युट्युबमा सार्वजनिक गरिएको छ । 

गीतमा टिका बोम्जन र अभिनय यादवले स्वर दिएका छन् । रविमान सिंह बस्न्यातको शब्द, टिका बोम्जनको संगीत रहेको गीतलाई सहस शाक्यले एरेन्ज गरेका हुन् । गीत मायाप्रेममा आधारित छ । 

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । 

हरि हुमागाईंको छायांकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । अभिनय यादव निर्माता रहेको यो गीत नमस्ते प्लस युट्युब च्यानलमा हेर्न सकिन्छ । 

चलेका कलाकारको अभिनय रहे पनि गीतको भ्युज भने न्यून छ ।

salt training

कमेन्ट गर्नुहोस्