०७ असार २०८३, आइतबार

५० कर्मचारी ४ वर्षदेखि जिम्मेवारीविहीन

फागुन २१, २०८०
काठमाडौं
५० कर्मचारी ४ वर्षदेखि जिम्मेवारीविहीन

 सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० जना कर्मचारीले चार वर्षदेखि जिम्मेवारी पाएका छैनन् । 

जिम्मेवारी नपाएका ती कर्मचारी हाजिर गरी घर फर्कने गरेका छन् । स्थानीय तहमा भने कर्मचारीको अभावमा अहिले पनि एक जना कर्मचारीले दुईदेखि तीन वटासम्म वडा कार्यालयको जिम्मेवारी लिनु परेको छ । 

कर्मचारी समायोजन संशोधन गरी सङ्घमा फर्केका, स्थानीय तहले हाजिर नगराई फिर्ता पठाएका, सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा समायोजन हुनका लागि सेवा समूह नमिलेका दुर्गम विकास समितिका कर्मचारी, घरेलु तथा साना उद्योगका कर्मचारी, टाइपिस्ट र समायोजन नरोजेकालगायतका समस्या भएका ५० जना कर्मचारी कामविहीन भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गोरखापत्रमा खबर छ । 

कमेन्ट गर्नुहोस्