
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १४ हजार ६५ योगदानकर्ताले दुुई अर्ब ५३ करोड ३८ लाख ५८ हजार ७० रुपियाँ सापटी लिएका छन् ।
कोषले डेढ वर्षको अवधिमा योगदानकर्ता विशेष सापटी योजना, योगदानकर्ता घर सापटी योजना, योगदानकर्ता शैक्षिक सापटी शीर्षकमा त्यो बराबरको रकम लिएका हुन् ।
कोषका अनुसार सबैभन्दा धेरै योगदानकर्ता विशेष सापटी योजना अन्तर्गत १४ हजार चार जनाले दुुई अर्ब ४९ करोड, ५४ लाख, ४० हजार ७४५ रुपियाँ लिएका छन् भने योगदानकर्ता घर सापटी अन्तर्गत ५८ जनाले तीन करोड, ६० लाख ५७ हजार २५ रुपियाँ लिएका छन् ।
यस्तै योगदानकर्ता शैक्षिक सापटी योजना अन्तर्गत तीन जनाले २३ लाख ६० हजार ३०० रुपियाँ लिएको कोषले जनाएको छ । कोषले २०७९ भदौदेखि यस्तो कर्जा तथा सापटी उपलब्ध गराउन सुुरु गरिएको खबर गोरखापत्रमा छापिएको छ ।