०३ असार २०८३, बुधबार

पालिकाको निर्देशनपछि फेरियो विद्यालयको दिवा खाजा, विद्यार्थीले पाउँछन् दालभातदेखि खीरसम्म

फागुन २२, २०८०
काठमाडौं
पालिकाको निर्देशनपछि फेरियो विद्यालयको दिवा खाजा, विद्यार्थीले पाउँछन् दालभातदेखि खीरसम्म
फाइल फोटो

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ ।

सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् ।

गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक–फरक परिकारको तालिका बनाइ कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको अहिले सोहीअनुसार दिवा खाजा खुवाउने गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख मोहनवीर धामीले बताए । 

‘विद्यार्थीलाई स्थानीय मौलिक परिवार खीर, लिटो, फलफूल, दालभात, रोटीलगायतका खाजा खुवाउने गरेका छौं’, उनले भने, ‘सबै सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार विद्यार्थी भए पनि तीन हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको छ ।’

दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म उपलब्ध गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्