०१ असार २०८३, सोमबार

पूजा शर्माको एक्सन फिल्म ‘दान्भी’ जेठमा रिलिज हुने

फागुन २५, २०८०
काठमाडौं
पूजा शर्माको एक्सन फिल्म ‘दान्भी’ जेठमा रिलिज हुने

पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ । 

महाशिवरात्रि तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर शुक्रवार फिल्मको रिलिज मिति घोषणा गरिएको हो । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मलाई आउँदो वर्षको जेठ १० गतेबाट नेपालभर रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । बुद्ध जयन्तीको सार्वजनिक विदा समेत भएकाले फिल्म बिहिबारबाट नै  रिलिज हुनेछ । 

एक्सनप्रधान यो फिल्ममा अभिनेत्री पूजा शर्मा केन्द्रीय भूमिकामा छिन् । फिल्मको टिजर सार्वजनिक भएपछि यसको चर्चा पनि चुलिएको थियो ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । 

देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । यो फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोम्जनले अभिनय गरेका छन् । फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । 

लभ स्टोरी फिल्ममा रुचाइएकी अभिनेत्री पूजा शर्माले पहिलो पटक ‘दान्भी’मार्फत आफूलाई एक्सन लयमा उभ्याएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्