०७ असार २०८३, आइतबार

ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप

चैत २, २०८०
काठमाडौं
ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप

सन् २०२४ का लागि रोजगार  अनुमति  प्रणाली  (इपिएस)  मार्फत  दक्षिण कोरिया जाने  नेपाली  श्रमिकको  कोटामा थप गरेको छ । नेपाली   अन्य   देशको   तुलनामा   इमानदार र मेहनती हुुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो । 
दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ । सो शाखाका निर्देशक मैया कँडेलले कोरियाले विदेशी श्रमिक माग गर्दै आएका १६ देशको तुलनामा नेपालले श्रमिक छनोटको प्रव्रिmया छिटोछरितो गरेको भनेर  यो  वर्ष  कोटा  थप  गरेको  जानकारी  दिइन् । गोरखापत्रमा खबर छ । 

कमेन्ट गर्नुहोस्