१४ असार २०८३, आइतबार

नेपाल टेलिकम सम्मानित

चैत १०, २०८०
काठमाडौं
नेपाल टेलिकम सम्मानित

विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । 

जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरू निःशुल्क रुपमा सर्वसाधारणमा पुर्‍याई अतुलनीय योगदान पुर्‍याएकोमा टेलिकमको भूमिकाको उच्च कदर गर्दै सम्मान गरेको हो ।

यही चैत ८ गते काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाई सचिव सुशीलचन्द्र तिवारीले टेलिकमलाई सो कदर पत्र प्रदान गरेका हुन् ।

नेपाल टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरू जल तथा मौसम विज्ञान विभागको अर्ली वार्निङ सिस्टमअन्तर्गतको कम्युनिकेसन एण्ड डिसेमिनेशन प्रयोजनको लागि प्रयोग भइरहेका छन् । 

यस अनुसार विपद् जोखिम क्षेत्रमा सूचना संकलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरू प्रयोग भएका छन् ।

null

सूचना संकलन अन्तर्गत बाढी पहिरो लगायतका विपद् जोखिम क्षेत्रमा रहेका वेदर स्टेशनहरूबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसमसम्बन्धी सूचना संकलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटूएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध रहेको छ ।

नेपाल टेलिकमले यसका लागि ३०० एमबी डाटा सुविधासहितको सिमकार्ड उपलब्ध गराएको छ । 

त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकहरूमा सम्भावित जोखिमबाट सतर्क गराउन ११५५ कोडबाट पूर्वसूचना प्रवाह गरिरहेको छ । ​

यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरूको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको छ भने सबै सेवा निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । 

यो सहकार्य २०७३ सालदेखि नै निरन्तर रहेको टेलिकमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्