०६ असार २०८३, शनिबार

हिमाल  आरोहण  गर्न  अनुमति दिन थालियो

चैत १४, २०८०
काठमाडौं
हिमाल  आरोहण  गर्न  अनुमति दिन थालियो

पर्यटन  विभागले  वसन्त  ऋतुमा  हुने  हिमाल  आरोहण  गर्न  अनुमति  दिन  सुरु  गरेको  छ  ।  आरोहणका  लागि  उपयुक्त  सिजन मानिने वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन सुरु गरिएको हो ।

विभागका   साहसिक   पर्यटन   तथा   पर्वतारोहण  शाखा  प्रमुख  राकेश  गुरुङका  अनुसार  मङ्गलबारसम्म  विभिन्न  पाँच  वटा  हिमाल  आरोहणका  लागि  सात  समूहका  ४६  जनाले अनुमति लिएका छन् । उनका अनुसार सगरमाथासहित अन्नपूर्ण पहिलो, हिमलुङ, जुगल र अमादब्लम आरोहणको अनुमति लिएका हुन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्