१९ असार २०८३, शुक्रबार

कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन गाउँपालिकाको अपिल

चैत २१, २०८०
काठमाडौं
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन गाउँपालिकाको अपिल

अछामको तुर्माखाँद गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको छ । विद्यार्थी अभावमा जिल्लाका सामुदायिक विद्यालय रित्तिँदै गएको भन्दै गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको हो । 

सामुदायिक विद्यालयप्रतिको घट्दो आकर्षणलाई उकास्न आफ्ना छोराछोरीलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गरेर अध्ययन गराउन अनुरोध गरिएको गाउँपालिका प्रमुख डम्बर बीसीले जानकारी दिए । ‘गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम एवं पुस १२ को गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरिएको छ’, उनले भने,’सो सूचनाको बेवास्ता गर्दै उहाँहरू सबैले निजी विद्यालयमा भर्ना गरे उहाँहरूले पाउने तलब, भत्तालगायत सेवा सुविधा रोक्का गर्छौं ।’

गाउँपालिकाले लागू गरेको व्यवस्थाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिलाई आफ्ना छोराछोरी बोर्डिङ स्कुलमा पढाउन रोक लगाएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति गाउँपालिकाले अवलम्बन गरेको नीतिलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, शिक्षा प्रेमीलगायत सरोकारवालासँग सार्वजनिक सूचनामार्फत् अपिल गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्