२० असार २०८३, शनिबार

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार १९, २०८३
उदयपुर
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

उदयपुरको मदन भण्डारीमार्गस्थित उदयपुरगढी गाउँपालिका–७ फुस्रे अधेरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

गाईघाटबाट उदयपुरगढी–३ तर्फ गइ रहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरगढी गाउँपालिका–३ बस्ने वर्ष २८ की मुना विकको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु हो ।

प्रदेश–०१–००८६ प ९०७६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका मोटरसाइकल चालक यमबहादुर विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते चालक यमबहादुरको भने हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

ट्रक चालक सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका–१ का खड्गबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्