
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सैनिकको मृत्यु भएको हो ।
चैत २५ गते चार जना सैनिकहरू घाइते भई जिल्ला अस्पताल डोल्पामा उपचारका लागि लगिएकोमा एक जनाको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
बाँकी तीन जना घाइतेहरुलाई नेपाली सेनाको हवाई साधन मार्फत काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएकोमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जनाएको छ ।
यस्तै एक जनाको भने सोही अस्पतालमा उपचार जारी छ ।
देशका विभिन्न स्थानहरूमा भइरहेका आगलागी नियन्त्रणका लागि २०८० सालभर करिव ८०० स्थानमा १२ हजार ५०० सकलदर्जा परिचालित भएको सेनाले जनाएको छ ।