
गायिका ममता गुरुङको स्वरमा भजन गीत ‘प्रशंसा’ सार्वजनिक गरिएको छ । राजु सुन्दासले निर्माण गरेको भजनसंग्रह बुधबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
गीतमा शब्द र संगीत लिदिया लामाको छ। लिदिया लेभेन्डर प्राइमरी स्कुलका प्रिन्सिपलसमेत हुन् । गीतमा कोरस स्वर विमला, पवित्रा र शारदाको छ।
गीतको भिडिओमा देवीसरा बादी फिचर्ड छिन्। देवीसरा बादी समुदायलाई प्रतिनिधित्व गर्दै विश्वसामु नेपाललाई चिनाइरहेकी छिन्।
उनी बादी समुदायको शिक्षाका लागि २ दशकदेखि लागिरहेकी महिला हुन्। उनी हाम्रो घर नेपालकी अध्यक्षसमेत हुन्।
उनीसँगै भिडिओमा एचसीएम ब्याण्डलाई देख्न सकिन्छ। दिनेश पराजुली र विशाल थापाले खिचेको भिडिओको निर्देशन गणेश शाहले गरेका हुन्।