१९ असार २०८३, शुक्रबार

भारत सरकारको सहयोगमा दार्चुलामा बन्ने विद्यालय भवनको शिलान्यास​​​

बैशाख ७, २०८१
काठमाडौं
भारत सरकारको सहयोगमा दार्चुलामा बन्ने विद्यालय भवनको शिलान्यास​​​

दार्चुलाको व्याँसमा बन्ने हिमालय माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शुक्रवार संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् । उक्त भवन निर्माणका लागि भारत सरकारले २.८२ करोड नेपाली रुपैयाँ  उपलब्ध गराउने छ ।

‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत आवश्यक पर्ने अन्य सुविधासँगै दुई तले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा गरिने दूतावासले जनाएको छ ।

त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत ३.३७ करोड नेपाली रुपैयाँमा बनेको जनविकास माध्यमिक विद्यालयको नयाँ भवनको उद्‌घाटन गरिएको छ ।

दुहु गाउँपालिकामा बनेको भवनको गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव सोनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

null

दुई देशका सरकारबीच भएको सम्झौताअनुसार यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो ।

कार्यक्रममा बोल्दै दुवै गाउँपालिकाका अध्यक्षहरूले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

नेपाल र भारतबीच बहुक्षेत्रीय सहकार्य हुँदै आएको छ ।

भारत सरकारको सहयोगमा बन्ने परियोजनाले नेपाली जनताको समुन्नतिमा मद्दत पुग्ने दूतावासको विश्वास छ ।

नेपाली शैक्षिक पूर्वाधारको विस्तारमा हातेमालो गर्न भारत सदैव तयार रहेको पनि दूतावासले जनाएको छ ।

null

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । साथै ४८९ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना छन् । जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स उपलब्ध गराएको छ ।

यसका साथै ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकिएको छ ।

जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कूल बस प्रदान गरिएको दूतावासले जनाएको  छ । त्यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कूल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको थियो ।

null

null

salt training

कमेन्ट गर्नुहोस्