
फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ । बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो ।
सोसल ड्रामा सिनेमामा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।