०५ साउन २०८३, मंगलबार

बलात्कार आरोपबारे सन्दीप फेरि बोले– घटना घटेको होइन, घटाइएको हो

बैशाख २५, २०८१
काठमाडौं
बलात्कार आरोपबारे सन्दीप फेरि बोले– घटना घटेको होइन, घटाइएको हो

क्रिकेटर सन्दीप लामिछाने आफूमाथि लागेको आरोपमाथि फेरि बोलेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घटना घटेको नभएर घटाइएको बताएका हुन् ।

बलात्कार मुद्दामा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको सन्दीपको आरोप छ ।

‘कथित अभियन्ता’को प्रभावमा परेर जिल्ला अदालतले आफ्नोविरुद्ध फैसला गरेको उनले आरोप लगाएका हुन् । ‘मलाई थाहा छ– जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि छ । तर पनि धेरै चुप लागेर बसेँ । कानून व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ,’ उनले भनेका छन् ।

न्याय माग्दामाग्दा आफू सिथिल भइसकेको सन्दीपको भनाइ छ ।

यदि यो घटनामा आफू दोषी देखिए ८ वर्ष कैदले नपुग्ने बरु फाँसीको सजाय दिन उनले आग्रह गरेका छन् ।

सन्दीपले आफ्नो पक्षमा सामाजिक सञ्जालमार्फत समर्थन गर्नेलाई धन्यवाद दिएका छन् ।

एक किशोरीमाथि बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैदको सजाय तोकेको छ । 

यसका विरुद्धमा उनले पाटन उच्च अदालतमा पुनरावेदन गरेका छन् । तर पटक–पटक पेशी सरिसकेको छ । चाँडै फैसला नआएमा वा दोषी ठहरिएका सन्दीपले आगामी जुन १ देखि हुन गइरहेको टी–२० विश्वकप गुमाउने पक्का छ । 

यसअघि पनि सन्दीपले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको बताएका थिए । लामो समय मौन बसेका उनी यसै हप्तादेखि भने प्रतिक्रिया दिन थालेका छन् ।

यस्तो छ सन्दीपको भनाइः 

salt training

कमेन्ट गर्नुहोस्