१० साउन २०८३, आइतबार

गायक रवि पक्राउ, ५ दिनको म्याद लिएर अनुसन्धान गर्दै प्रहरी

बैशाख ३०, २०८१
काठमाडौं
गायक रवि पक्राउ, ५ दिनको म्याद लिएर अनुसन्धान गर्दै प्रहरी

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक रवि वड चार दिनदेखि कञ्चनपुर प्रहरीको हिरासतमा छन् । उनले बिहीबार प्रहरीसमक्ष आत्मसमर्पण गरेकामा  प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले  वडले इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेको जानकारी दिए । 

नेपाल आइडल सिजन २ का विजेता वडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्