
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ ।
दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका लागि इजरायल दूतावासले ५८ जना युवा जेठको दोस्रो साताभित्र इजरायल उडान गर्ने गरी भिसा जारी भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवा इजरायलमा रोजगारीका लागि जान थालेका हुन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको विभागले जनाएको छ । गोरखापत्रमा खबर छ ।