२९ जेठ २०८३, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम : १ पालिका १ स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा ल्याइने

जेठ १, २०८१
काठमाडौं
सरकारको नीति तथा कार्यक्रम : १ पालिका १ स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा ल्याइने

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक अनौपचारिक शिक्षा प्रधान गरिने बताएका हुन् । विद्यालय शिक्षालाई प्रविधि मैत्री बनाइने सरकारको नीति रहेको उनले बताए ।

यस्तै, एक पालिका एक स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा ल्याइने उनले सम्बोधनका क्रममा भने ।

यस्तै, विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन, मौलिक भाषा तथा संस्कृति प्रवर्द्धन लगायतका विषयमा नमूना कानून निर्देशिका तथा कार्यविधि तयार गरी स्थानीय तहलाई सहजीकरण गर्ने सरकारको नीति रहेको छ ।

स्थानीय उत्पादनको उपयोग हुने गरी आधारभूत तहका विद्यार्थीलाई पोषिलो, ताजा र गुणस्तरीय खाजा उपलब्ध गराउन दिवा खाजा कार्यक्रममा परिमार्जन सरकारको नीति रहेको राष्ट्रपति पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्