![यही त हो नि मायाको सफलतापछि गरिमा र विमलको जोडीसहित 'रिटिङ रिटिङमा' [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Riting_Riting_ma_UO7f8omlQS.jpg)
प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर (हाल नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य) चिन्तामणि सिवाकोटीद्वारा रचित 'रिटिङ रिटिङमा' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दीपक लिम्बू र वेनिशा पौडेलको युगल स्वर रहेको गीतमा संगीत दीपक शर्मा, एरेन्ज नरेन्द्र वियोगी, रेकर्डिङ राजेश थापा र मास्टरिङ किशोर थापाको रहेको छ । गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको थियो ।
म्युजिक भिडियोमा चर्चित कलाकार जोडी गरिमा शर्मा र विमल अधिकारीको अभिनय हेर्न सकिन्छ ।
अहिले बजारमा चर्चित गीत 'यही त हो नि माया'पछि यही जोडीलाई लिएर म्युजिक भिडियो बनेकोमा गीतसंगीत क्षेत्रका सरोकारवालाहरूले खुशी व्यक्त गरेको निर्देशक कृष्णदेव रुपाखेतीले बताए ।
म्युजिक भिडियोको गुणस्तरको समेत प्रशंसा गर्दै प्रतिक्रिया आएको उनले खुलाए । रुपाखेती अहिलेका निकै व्यस्त र प्रतिष्ठित निर्देशक हुन् ।
चर्चित कोरियोग्राफर काजिश श्रेष्ठको कोरियोग्राफीमा रहेको गीतमा छायांकन उत्सव दाहाल, भिडियो सम्पादन तथा कलर विनोद वाम, मेकअप नन्दा अधिकारी र सहायक कोरियोग्राफी प्रशान्त मगरको रहेको छ ।
काभ्रेको पाँचखालमा हालै छायांकन गरिएको यो म्युजिक भिडियो अब्बल बनेको भन्दै गीतकार सिवाकोटीले पनि निर्देशकसहित निर्माण युनिटलाई धन्यवाद दिएका छन् ।
नेपाली ग्रामीण जनजीवनको जीवन्त कथावस्तु र स्थानीय परिवेश समेटिएको यस म्युजिक भिडियोमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास सिवाकोटीले व्यक्त गरे ।
मौलिक नेपाली लोकलयमा तयार भएको यो म्युजिक भिडियो Chintamani YouTube च्यानलमा उपलब्ध छ ।
हेर्नुहोस्, भिडियो :