
काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तरीय सुविधासहित अन्तर्राष्ट्रिय स्तरको आईभीएफ केन्द्र सञ्चालनमा आएको छ । हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टर नामको केन्द्रमा निःसन्तान, प्रसुती तथा स्त्रीरोगसम्बन्धी सुलभदरमा उपचार सुविधा उपलब्ध रहेको प्रमुख सञ्चालक कैलाश खड्काले बताए ।
उनका अनुसार सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आईभीएफ विशेषज्ञका रूपमा डा. अर्चना शाक्यसहित, वरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानुलगायत मेडिकल टिम कार्यरत छ ।
डा. शाक्य विगत १३ वर्षदेखि स्त्री, प्रजनन तथा निःसन्तानसम्बन्धी बिरामीको उपचारमा संलग्न छिन् भने डा. बानु विगत ६ वर्षदेखि इम्ब्रयोलोजिष्टको रूपमा सेवा दिँदै आएकी छन् । दुवैले धेरै निःसन्तान दम्पतीलाई सन्तान शुखदिन सफल भएको उनले बताए ।
केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरूलाई परामर्श सेवासहित निःसन्तान हुनुको कारण पत्ता लगाई आईयूआई, आईभीएफलगायत अन्य उपचार सेवा उपलब्ध रहेको उनले बताए ।
अन्तर्राष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको केन्द्रले पुरुषको विर्य जाँचदेखि लिएर भविष्यका लागि भ्रुण सुरक्षित राख्ने, विर्य फ्रिजगरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण गर्न सक्ने व्यवस्थासमेत गरेको जनाएको छ ।
नयाँ वर्षलाई लक्षितगरी साथै कम आय भएका बिरामीका लागि केन्द्रले अषाढ मसान्तसम्म मात्र १ लाख ९९ हजारमा आईभीएफ साथै आईयूआई मात्र ८ हजार ५ सयमा गर्ने घोषणासमेत गरेको छ । ल्याब टेष्ट तथा विर्यको जाँचमा २० प्रतिशत छुट दिनेसमेत निर्णय गरेको छ ।